Nagarkot|Patan| Kathmandu|Pokhara| Lumbini|Chitwan|Nepal Trek
National Flag of Nepal
Namaste, Welcome to
भक्तपुर् अन्लाईन डटकम्
"An Official Web Portal of Historic City Bhaktapur"




 Bhaktapur Informations 
About Bhaktapur
Places to Visit
Bhaktapur Sightseeing
Bhaktapur City Map
People's of Nepal
Festivals in Bhaktapur
Bhaktapur Handicraft
Bhaktapur Shopping
Bhaktapur Geography
 Hotels and Restaurants 
Hotels in Bhaktapur
Hotels in Nagarkot
Restaurants
 Travel infomations 
Embassies in Nepal
Entry Fees of Cities and Temples
General Informations
Bhaktapur Banks
Flight Schedule
Mountain Flights
Check Your Mail
Mail Login
Password
Make your Own Email Address
yourname@bhaktapuronline.com
Message Board  
 
 Live Nepal's TV & Radio  
Online Nepali TV Channels

FM Radios of Nepal

Nepali News Sites from Nepal
English News Sites from Nepal
 Online Quiz Contest  
PuzzleWinners are request to Call 9851001068
for your gift.

Click Here
to Participate
.

BhaktapurOnline Yearly Horoscope
Your Horoscope For: 2069
Check the forcast of General, Career, Love, Finance and Health in your life in 2069


Horoscope Date २०६९ वार्षिक राशिफल

Aries: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो वर्ष विद्या–बुद्धिका अधिपति बृहस्पतिको अनुकूलताले विद्यामा विशेष प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नेछ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । मांगलिक कर्म र परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । मानसम्मान पाइनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । लगानीको प्रतिफल प्रशस्त मिल्नेछ । सञ्चित रकम खर्च भए पनि आम्दानीको स्रोत सबल बन्नेछ । कृषि उत्पादन बढ्नेछ । शनि र राहुको गोचर भने अलि प्रतिकूल देखिन्छ । पारिवारिक असमझदारी, कष्ट, जीवनसाथीलाई अस्वस्थता र वर्षको उत्तराद्र्धमा रोग, बन्धन, आरोप, जरिवाना जस्ता विघ्नबाधा आइपर्ने सम्भावना छ । नसा, जोर्नी वा गुप्तांगसम्बन्धी समस्याले सताउन सक्छ । ऋणभार पनि बढ्ने देखिन्छ । काली भगवती र बटुक भैरवको उपासना, शनि-राहुको मन्त्रजप आदि गर्नाले लाभ मिल्नेछ । असार, असोज, माघ र फागुन महिनामा बढी फाइदा हुने
Taurus: वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)यो वर्ष मिश्रित फलदायी रहनेछ । ढिलै भए पनि नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार हुनेछ । आध्यात्मिक कार्यमा खर्च गरिए पनि भक्तिभावमा कमी आउने वर्ष छ । कृषिकर्म र चौपायाबाट लाभ हुनेछ । घरबाट टाढा वा प्रवासमा रहनेहरूका लागि यो वर्ष फलदायी रहनेछ । खर्च गर्नुपरे पनि वैदेशिक यात्राबाट लाभ मिल्नेछ । उद्यमीहरूका लागि लगानी गर्ने वर्ष छ । वर्षको सुरुमा राहु प्रतिकूल देखिन्छ । यसले दाम्पत्यमा असमझदारी वा अस्वस्थता सम्भावना छ, पेट वा पिसाबसम्बन्धी समस्याले पनि सताउन सक्छ । मंसिर अन्त्यदेखि सुधार भई न्यायोचित फल मिल्नेछ । प्रतिस्पर्धात्मक कामबाट लाभ मिल्नेछ जन्मकुण्डलीमा गुरु कमजोर हुनेहरूलाई व्यवसायमा गिरावट, परिवारजनमा असमझदारी, काममा अवरोध, विद्यामा बाधा र व्यवसायमा संकट आउन सक्छ । समस्याबाट मुक्तिका लागि सभक्ति बृहस्पति एवं राहुको मन्त्रजप, कुलदेवताको पूजा तथा बग
Gemini: मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिश्रित फलदायी वर्ष छ । पढाइलेखाइ र रोजगारीका लागि वर्ष अनुकूल छ । वर्षको सुरुमै व्यवसाय विस्तार एवं नयाँ रोजगारको अवसर मिल्नेछ । स्वास्थ्य सबल बन्नेछ । पदोन्नति र उचित स्थान प्राप्त हुनेछ । पशुपालन तथा कृषिकर्मबाट सामान्य फाइदा हुनेछ । घरमा शुभकार्य सम्पन्न हुनेछन् । भूमि, सन्तान र वाहन लाभ हुने वर्ष छ । जेठदेखि भने खर्चस्थानमा जाने बृहस्पतिले काममा बाधा, अवरोध र खर्च बढाउने देखिन्छ । बाहिरी यात्रा र धर्मकर्ममा धन खर्च हुनेछ । शनि भने यस वर्षलाई अलि प्रतिकूल देखिएका छन् । जेठ, असार र साउन महिनामा शनिको अढैयाजन्य प्रभाव रहनेछ । जन्मलग्नमा शनि कमजोर हुनेहरूलाई घरायसी समस्या बढ्ने, काममा अवरोध र आफन्तस“ग मनमोटाव बढ्ने र लेनदेनमा विवाद, हानि हुने जस्ता समस्या आउन सक्छन् । वर्षको उत्तराद्र्धमा पेटको समस्याले सताउने र पढाइलेखाइमा अलि बाधा पर्ने समस्या पनि देखिने सम्भावना छ । शनिबार पीपलमा जल
Cancer: कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वर्षभरि बृहस्पति अनुकूलताले घरमा मङ्गलमय कृत्यहरू सम्पादन हुनेछन् । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धि मिल्नेछ । नयाँ रोजगारको अवसर मिल्नेछ । व्यापार–व्यवसायमा उन्नति हुनेछ । आयआर्जनका नया“ स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । जेठ, असार र साउनबाहेक सबै महिनामा शनिको अढैयाजन्य दोष रहनेछ । जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई कष्ट, चिन्ता, पीर, पारिवारिक असमझदारी जस्ता समस्या आइपर्नेछन् । शनि कमजोर हुनेहरूलाई मिथ्या आरोप, जरिवाना, बन्धन जस्ता विघ्नबाधाले सताउनेछन् । स्वास्थ्यमा पनि केही जटिल समस्या आउन सक्छ । मंसिरपछि हुने राहु–शनि योगले घर–जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या ल्याउने देखिन्छ । यी समस्याबाट मुक्त रहन विधिपूर्वक शनि–राहुको मन्त्रजप, काली र बटुकभैरवको आराधना गर्नुपर्नेछ । शनिबार नियमित रूपमा पीपलमा जल चढाउनाले पनि राम्रो हुन्छ । वैशाख, जेठ, असोज, पुस विशेष फलदायी
Leo: सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यो वर्ष बृहस्पतिको अनुकूल प्रभावले प्रगति र भाग्योदय हुने देखिन्छ । धेरै रोकिएका काम बन्नेछन् । घरमा ऐश्वर्य सम्पन्नता, धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । मानसम्मान पाइनेछ । घरमा माङ्गलिक कार्य सम्पादन होलान् । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ र सन्तानबाट प्रसन्नता मिल्नेछ । नोकरीतर्पm हुनेहरूका लागि स्थानान्तरण र पदोन्नतिको समय छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नया“ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको विशेष प्रगति हुने वर्ष रहेको छ । समाजसेवा र परोपकारका कार्य गरिनेछ । जन्मकुण्डलीमा शनि कमजोर हुनेहरूलाई भने समय अलि खराब रहन सक्छ । जेठ, असार र साउन महिनामा शनिको साढेसात ी पुनरागमन हुनाले यसबीचमा दौडधूप, अपमान, झूटा आरोप र धनहानि सामना गर्नुपर्ला । पटकपटकको प्रयासले मात्र कार्य सफल होला । मंसिरसम्म सुखमा राहुको प्रभाव रहनेछ । यसले घरजग्गा तथ
Virgo: कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा धैरै प्रयत्न गर्दा ढिलो गरी सफलता मिल्ने वर्ष छ । मंगलमय कृत्यहरूमा पनि विलम्ब होला । आर्थिक अभावले सताउनेछ । अलि बाध्यतामा परिने वर्ष छ । जेठदेखि भाग्यस्थानमा पुग्ने गोचरीय बृहस्पतिले दीर्घकालीन योजनामा फाइदा पुग्ला । धर्मकर्म र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ । पढाइलेखाइमा प्रगति हुनेछ । यो वर्ष धनस्थानका राहुले कर्जा बढाउने सम्भावना छ । व्यवसायमा कठिनाइ र सहयोगीहरूबाटै धोका होला । कृषिकर्ममा परिश्रम गरेभन्दा न्यून उपलब्धि हासिल हुनेछ । चौपायाबाट पनि भनेजस्तो फाइदा लिनमा बाधा देखिन्छ । वर्षभर शनिको मध्य र अन्त्य साढेसाती समय रहनेछ । जन्मकुण्डलीमा शनि प्रतिकूल हुनेहरूलाई कष्ट, चिन्ता, पीर, पारिवारिक कलह, अस्वस्थता, आरोप, जरिवाना, बन्धन जस्ता विघ्नबाधा आइपर्नेछन् । विधिपूर्वक शनि र राहुको मन्त्रजप, काली र बटुक भैरवको आराधना तथा शनिबार पीपलमा जल चढाउनाले राम्रो हुन्छ । असार, साउन, मंसिर, फागुन फलदायी महिना रहनेछन् ।
Libra: तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वर्षभर शनिको आद्य र अन्त्य साढेसाती समय रहनेछ । राहुको स्थिति पनि अलि प्रतिकूल छ र बृहस्पति समेत वैशाख ३० बाट दुःस्थानमा जाने हुनाले यो वर्ष धन अत्यधिक खर्च हुने र ऋणभार बढ्ने समय छ । समय समयमा विवादमा परिने र यदाकदा अन्यायमा पनि परिने समय छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । विलम्बले मात्र कार्य सफल होला । जन्मकालमा शनि प्रतिकूल हुनेहरुका लागि विभिन्न विघ्नबाधा आइपर्नेछन् । कष्ट, चिन्ता, पीर, पारिवारिक असमझदारी, अस्वस्थता, आरोप, जरिवाना, बन्धन जस्ता विघ्नबाधा आइपर्नेछन् । विधिपूर्वक काली भगवतीको उपासना, शनिको मन्त्रजप र प्रत्येक शनिबार पीपलमा जल चढाउनाले राम्रो हुन्छ । यो वर्ष बाहिरी यात्रा सम्भावित । तर, स्वास्थ्यका दृष्टिले अलि कष्ट महसुस हुने । शिक्षा र साझेदारीमा भने फाइदा । उत्साहमा कमी र विलम्बका साथ कार्य सम्पादन हुने वर्ष छ । काममा आलस्य हुने, मानसिक चिन्ता बढ्ने समय छ । तुलनात्मक रूपमा साउन, भदौ, पुस, चैत महिना शुभ रहनेछन् ।
Scorpio: वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यो वर्ष तुलनात्मक रूपमा त्यति लाभदायक देखिन्न । भौतिक वस्तुहरूको सुविधा मिले पनि सन्तुष्टि पाइने देखिन्न । मानहानि हुनेछ । काममा पनि निकै विलम्ब हुनेछ । वायु तथा पित्तदोषले स्वास्थ्यमा बाधा पुग्ने देखिन्छ । यो वर्ष बन्धुजनस“ग असमझदारी बढ्न सक्छ । अनावश्यक खर्च र बाहिरी यात्रामा कष्ट हुने देखिन्छ । यो वर्ष साझेदारीमा विवाद, कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ । पढाइलेखाइ अधुरो रहने देखिन्छ । जीवनसाथीबाट पाइने साथ र उत्साहले काम सफल हुनेछन् । घरमा मंगलमय कृत्य सम्पादन हुनेछन् । जेठ, असार र साउन महिनामा नोकरीमा पदोन्नति र लाभ हुनेछ । बाँकी महिनामा भने शनिको साढेसातीजन्य प्रतिकूल प्रभाव पर्नेछ । जन्मकालमा शनि प्रतिकूल हुनेहरूका लागि विभिन्न समस्या आइपर्नेछन् । विधिपूर्वक काली भगवतीको पूजा आराधना, शनिको मन्त्रजप र शनिबार नियमित पीपलमा जल चढाउनाले राम्रो हुन्छ । वैशाख, भदौ, असोज, माघ महिन
Sagittarius: धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यो वर्ष शनि, राहुजस्ता पापग्रहको अनुकूलताले सुख–सुविधामा प्रगति हुनेछ । वर्ष निकै फलदायी रहनेछ । प्रशस्त आम्दानी हुनेछ । सन्तानसुख मिल्नेछ । बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ । भूमि, घर अथवा वाहन प्राप्तिको योग छ । विद्यार्थीहरूका लागि विशेष उपलब्धि हुनेछ । तर्कशक्ति बढ्नेछ । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । अनुकूल स्थानान्तरण पनि सम्भावित छ । घरमा मांगलिक कार्य सम्पन्न हुनेछन् । कृषिकर्म तथा व्यापार व्यवसायबाट विशेष फाइदा हुनेछ । नयाँ उद्योगधन्दा सञ्चालन गर्ने समय आएको छ । साझेदारीबाट फाइदा हुनेछ । सेवामूलक, परोपकारका कार्यहरू सम्पादन हुने वर्ष छ । खर्चमा राहुको उपस्थितिले लगानी अनावश्यक ठाउँमा पर्न सक्छ, होसियारी अपनाउनु बेस हुन्छ । बाहिरी यात्रामा पनि अलि समस्या आउन सक्छ । बटुक भैरवको उपासना र राहुको मन्त्रजप गर्नाले राम्रो हुनेछ । तुलनात्मक रूपमा जेठ, असोज,
Capricorn: मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,ग
ि)
सुरुमा आफन्तजनमा केही असमझदारी र बन्धुबान्धवसग मनमोटाव बढ्ने समस्या देखिए पनि बृहस्पतिको वृष राशिमा प्रवेशसँगै जेठदेखि स्थितिमा क्रमशः सुधार आउनेछ । घरायसी समस्या टरेर जानेछन् । मनोबल बढ्ने छ । धार्मिक क्रियाकलापमा मन जानेछ । पढाइलेखाइमा प्रगति हुने देखिन्छ । साउनपछि शनिको गोचर विशेष अनुकूल रहनेछ । सबल शनि हुनेहरूलाई तत्काल रोजगारको अवसर मिल्नेछ । नोकरीमा पदोन्नति हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला । सहयोगीहरूबाट उचित सहयोग मिल्नेछ । यात्रा लाभदायक बन्नेछ । नयाँ काम सुरुआत हुनेछ । पढाइलेखाइमा पनि सफलताको वर्ष रहनेछ । मानसम्मान र प्रतिष्ठा बढ्ने समय छ । मंसिरपछि उच्च महत्वाकांक्षा पाल्नाले काम बिग्रने र धन हानि हुने देखिन्छ । दाम्पत्य सम्बन्धमा असमझदारी बढ्न सक्छ । परिवारजनबाट टाढिनुपर्ने देखिन्छ । संयमतापूर्वक व्यवहार गर्दा राम्रो हुनेछ । अरूप्रति अनावश्यक शंका उब्जने र असमझदारी बढ्
Aquarius: कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काममा परिवर्तन र विलम्बले काम बन्ने समय । तापनि, परिवारजनमा अरूको उन्नति हुनेछ र आफन्तजनको सहयोगले विशेष फाइदा हुने वर्ष छ । व्यवसायीहरूलाई साझेदारीमा फाइदा हुने वर्ष छ । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि उत्पादन भने बढ्नेछ । बृहस्पतिको प्रतिकूलताले घरायसी काममा ऋणको भार बढ्ने देखिन्छ । लगानीको प्रतिफलमा कमी हुने समय छ । यात्रामा कष्ट सामना गर्नुपर्ला । स्वास्थ्यमा अलि बाधा पर्न सक्छ । अनावश्यक खर्च बढ्नेछ । साझेदारीमा लगानीको केही अंश दुरुपयोग हुने सम्भावना छ । आफ्नो हठी स्वभावले केही काम बिग्रन सक्छन् । दण्ड–जरिवानामा परिने सम्भावना छ । बन्धुबान्धव तथा इष्टमित्रसँग केही असमझदारी बढ्न सक्छ । अपवाद लाग्ने र परिवारजनबाट टाढिएर बस्नुपर्ने अवस्था आउने देखिन्छ । विद्यार्थीहरूलाई भने सामान्य फलदायी वर्ष रहनेछ । बृहस्पतिको मन्त्रजप र बगलामुखीको पूजा उपासना गर्नाले लाभ मिल्नेछ ।
Pisces: मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यो वर्ष त्यति अनुकूल रहने छैन । आर्थिक अभावले सताउनेछ । र स्वास्थ्यमा पनि अलि बाधा आइपर्ने देखिन्छ । पढाइलेखाइमा राम्रो प्रगति गर्न सकिने छैन । उद्योग र व्यापारमा सामान्य लाभ मिल्नेछ तर ऋणको भार बढ्ने समय छ । लगानीको प्रतिफल नगण्य हुने देखिन्छ । कृषि उत्पादन भने बढ्नेछ । वर्षभरि नै शनिको प्रतिकूलता देखिन्छ । जीवनसाथीको स्वास्थ्यमा प्रतिकूलता, कष्ट, पारिवारिक कलह र भदौपछि रोग, बन्धन, आरोप, जरिवाना जस्ता विघ्नबाधा आइपर्नेछन् । शनिको अढैया समय रहेकाले स्वास्थ्य र उन्नतिमा बाधा पर्न सक्छ, शनिबार पीपलमा जल चढाउनाले र काली भगवतीको पूजा–उपासना गर्नाले फाइदा पुग्नेछ । मंसिरपछि अष्टम स्थानमा जाने राहु पनि अलि प्रतिकूल देखिएका छन् । बटुक भैरवको उपासना, राहुको मन्त्रजप गर्नाले शुभ हुनेछ । जेठ, भदौ, पुस र माघ महिना विशेष फलदायी रहनेछन् ।

A free Advertisement Portal>>>



Visit Taplejung District @ www.TaplejungOnline.com
A New Nepali Movie/Cinema

BY: BhaktapurOnline.com




 Bhaktapur Entertainment 
Cinema Halls in Bhaktapur
Today's Special
Your Horoscope
Quiz Contest
Bhaktapur Online Job
Nepali Calendar
Bhaktapur Friends
Online Chat
 Products Of Bhaktapur 
Bhadgaully Topi (Cap)
Bhaktapur Newari Food
Bhaktapur Curd (Dahi)
Useful Links 
News Room
Trek et Voyage Au Nepal
Rafting In Nepal
 Trekking informations 
Trekking Entry Permit Fees
Trekking Equipments List
Trekking Areas and Seasons
 EDV Results 
SLC Result
EDV RESULT
FILL UP EDV FORM
 Miscellaneous 
Festivals in Nepal
Nepal Cities Trunk Codes No.
Impt. Telephone Numbers
Education System in Nepal
 Check This 
Bhaktapur Night Festival
Jatras in Bhaktapur
Around Bhaktapur
Bhaktapur Sports

Nepali Comedy Serials
Sponsored Links
Models in GazZabko.com 
Gazzabko.com models>>>
 Translate This Site  
Free counter and web stats
©Copyright, BhaktapurOnline.com 2002-2011, All Right Reserve, Design & Hosted by: Web Hosting Nepal Contact: info@bhaktapuronline.com
This Site has been visited Web Counters times since 25th September 2002